यही गठबन्धनको सरकार बन्छ : प्रचण्ड - Chaitanya News
  • 2026-05-07
  • 09:08:21
  • बिहिबार,बैशाख २४, २०८३
  • यही गठबन्धनको सरकार बन्छ : प्रचण्ड

    यही गठबन्धनको सरकार बन्छ : प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन्। प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन्।

    ‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने। अबको भावी प्रधानमन्त्री को बन्छ त? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ।