काठमाडौँ– अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ।
अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चार सय बेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ।
यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।