पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सुरुआत - Chaitanya News
  • 2026-06-03
  • 23:41:57
  • बुधबार,जेठ २०, २०८३
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सुरुआत

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सुरुआत

    पोखरा– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ। विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलता पूर्वक सम्पन्न गरेको हो।

    एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २–१५ बजे पुरानो विमानस्थलबाट उडान गरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २–२७ मा अवतरण भएको बताए।

    विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए। विमानस्थलमा बुद्ध एयरले पनि दिउँसो ३–६ बजे विमानस्थलमा अवतरण गरेको छ।