काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
आज (बिहीबार) सिंहदरवारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो।
जहाँ उनले भनेका छन्, ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर बैठक राखौँ। सरकारको धारणा बुझौँ।’
सरकारसँग छलफल गर्नुपर्ने कारणमा उनी भन्छन्, ‘शान्ति सुरक्षाको कुरा छ। छलफल पर्नुपर्ने अनेक विषय छ।’