काठमाडौं– सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता केहीबेरमा सुरु हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुन लागेको हो।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो।
छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन्। सरकारले आजको छलफललाई त्रिपक्षीय वार्ता भनेको छ।
छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन्।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ।
जेनजी प्रतिनिधिहरू:
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर