काठमाडौँ– सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्।
बैठक ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ। बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।