डेढ महिनापछि सर्वोच्चको वेबसाइट पूर्ण रूपमा सञ्चालनमा - Chaitanya News
  • 2026-10-22
  • 01:39:29
  • बुधबार,कार्तिक ०५, २०८३
  • डेढ महिनापछि सर्वोच्चको वेबसाइट पूर्ण रूपमा सञ्चालनमा

    डेढ महिनापछि सर्वोच्चको वेबसाइट पूर्ण रूपमा सञ्चालनमा

    काठमाडौँ– जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडले क्षतविक्षत भएको सर्वोच्च अदालतले आफ्नो वेबसाइट पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।

    सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले सोमबारलाई वेबसाइटलाई पूर्ववत् रूपमा सञ्चालन गरेको हो।

    सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारवाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ। भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेपछि सीएमएस अवरुद्ध भएको थियो भने सर्वोच्च अदालतको वेबसाइट नै बन्द भएको थियो।

    अदालत खुलेको केही सातापछि वेबसाइट सञ्चालन भए पनि त्यसमा सबै डाटाहरू हटेका थिए। यो एक महिनाको अवधिमा हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको अदालतले जनाएको छ।