तीन महिनाको अवधिमा ११ अर्ब बराबरको सुन आयात - Chaitanya News
  • 2026-09-06
  • 21:41:15
  • आइतबार,भाद्र २१, २०८३
  • तीन महिनाको अवधिमा ११ अर्ब बराबरको सुन आयात

    तीन महिनाको अवधिमा ११ अर्ब बराबरको सुन आयात

     

    काठमाडौँ– चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ११ अर्ब बराबरको सुन आयात भएको छ। २०८२ साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

    यसमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ। यस्तै ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख छ।

    अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    २०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ।

    यस्तै १६ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ।

    अघिल्लो वर्ष यसै अवधिमा १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी आयात भएको थियो। यस्तै ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५४६५ किलो चाँदीको धुलो आयात भएको थियो।

    यस्तै ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको थियो।