राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्छ : महामन्त्री थापा - Chaitanya News
  • 2026-04-25
  • 19:59:46
  • शनिबार,बैशाख १२, २०८३
  • राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्छ : महामन्त्री थापा

    राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्छ : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन्।

    प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताए।

    सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताए। तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’