काठमाडौँ– आज (सोमबार) सुनको मूल्य थप घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो।
जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो।
तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो। आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो। जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ।