जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्य मन्त्री शर्माको पहिलो निर्णय - Chaitanya News
  • 2026-05-10
  • 01:46:08
  • शनिबार,बैशाख २६, २०८३
  • जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्य मन्त्री शर्माको पहिलो निर्णय

    जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने स्वास्थ्य मन्त्री शर्माको पहिलो निर्णय

    काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन्।

    पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्।

    शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए।