तेस्रो चरणमा विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता - Chaitanya News
  • 2026-05-10
  • 01:45:20
  • शनिबार,बैशाख २६, २०८३
  • तेस्रो चरणमा विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

    तेस्रो चरणमा विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

    काठमाडौँ– जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आज (आइतबार) तेस्रो पटक पुनर्गठन भएको छ।

    प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्री डा.सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको शपथ गराएका छन्।

    प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन्। तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो। गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन।

    प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ। तेस्रो चरणमा विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन।