आजको मौसम: तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-10-23
  • 04:25:15
  • बिहिबार,कार्तिक ०६, २०८३
  • आजको मौसम: तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनएको छ।

    यस्तै महाशाखाका अनुसार आज, दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा रहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।