दर्ता भएका १२४ दलको विवरण सार्वजनिक - Chaitanya News
  • 2026-05-10
  • 01:45:10
  • शनिबार,बैशाख २६, २०८३
  • दर्ता भएका १२४ दलको विवरण सार्वजनिक

    दर्ता भएका १२४ दलको विवरण सार्वजनिक

    काठमाडौँ– निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।

    आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ।

    सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ, जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो। दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) परेको छ, जसका महासचिव चन्द्रप्रकाश (सिपी)मैनाली हुन् र चिन्ह हँसिया र तारा हो।

    तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशूल) रहेका छन्। पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो।

    राष्ट्रिय राजनीति निर्धारण गर्ने ठुला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन्। नेकपा (एमाले) २३औँ नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो। २५औँ नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ। नेपाली काँग्रेस २६औँ नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो। यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो।

    समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन्।