त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख यात्रुले सेवा लिए - Chaitanya News
  • 2026-05-16
  • 23:52:23
  • शनिबार,जेठ ०२, २०८३
  • त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख यात्रुले सेवा लिए

    त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख यात्रुले सेवा लिए

    काठमाडौँ– त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन्। मुख्य चाडबाडको दसैँ र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन्।

    तथ्यांक अनुसार अक्टोबर २०२५ मा ७ लाख ६१ हजार ४१४ जना यात्रुले सेवा लिएका थिए। यो विमानस्थलले आन्तरिक तर्फ ३ लाख २३ हजार १२ जना यात्रुलाई सेवा दिएको छ। यसमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौँबाट उडेका छन्। १ लाख १८ हजार ४२४ यात्रु भने काठमाडौँ भित्रिएको तथ्यांक छ।

    यस महिनामा ४ हजार २०९ उडान काठमाडौँबाट भएका छन्। काठमाडौँमा ४ हजार २०८ जहाज अवतरण गरेको तथ्यांक छ। कुल उडान अवतरण ८ हजार ४१७ भएका छन्।

    अन्तर्राष्ट्रियतर्फ अक्टोबर २०२५ मा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन्। विदेशबाट नेपालमा २ लाख ४० हजार ३९४ यात्रु आएको देखिन्छ। कुल यात्रु सङ्ख्या ४ लाख ३८ हजार ४०६ रहेको छ।

    यसबाहेक २ हजार १३६ यात्रुले भने यस विमानस्थलमा ट्रान्जिट सुविधा लिएका छन्। त्रिभुवन विमानस्थलमा यो महिनामा कुल १ हजार ५८५ उडान, १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडान अवतरण भएको तथ्यांक छ। नेपालमा ३१ अन्तर्राष्ट्रिय उडानका कम्पनीले सेवा दिएको त्रिभुवन विमानस्थलको तथ्यांक छ।