सनेई तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-10
  • 01:45:20
  • शनिबार,बैशाख २६, २०८३
  • सनेई तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

    सनेई तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

    काठमाडौं– सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन्।

    जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन्।

    ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन्। जापानमा उनी ‘आयरन लेडी’ को रूपमा परिचित छिन्।

    तेस्रो प्रयासपछि उनी जापानकी प्रधानमन्त्री बनेकी हुन्।

    तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्।

    एलडीपीले पछिल्लो ५ वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो। यो पार्टीले पछिल्ला वर्षहरूमा धेरै घोटालाको आरोप खेपिरहनु परेको छ।

    तकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नजिकका नेतृ मानिन्छन्। यसअघि उनी मन्त्री समेत बेनिसकेकी छिन्। उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत पनि हुन्।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको तारिफ गर्दै भनेका थिए ‘उनी धेरै सम्मानित र बुद्धिमान नेता हुन्।’

    प्रधानमन्त्री बनेपछि तकाइचीको अगाडि धेरै चुनौतीहरू छन्।

    प्रमुख रूपमा गति लिन नसकेको अर्थ व्यवस्थालाई गति दिन, अमेरिका–जापानबीचको सम्बन्धलाई सुधार गर्न र सत्तारुढ दललाई एकजुट गर्न उनको मुख्य चुनौती रहेका छन्।