काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्।
निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।
आज दिउसो ४ बजे प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ।