काठमाडौँ– दल दर्ताका लागि थप तीन वटा पार्टी निर्वाचन आयोग पुगेका छन्।
नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ। यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन्। चुनाव चिन्ह सिक्का रहेको छ।
राष्ट्रिय परिवर्तन पार्टी पनि दल दर्ताका लागि आयोग पुगेको छ। यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी रहेको छ। राष्ट्रिय जेनजी पार्टी नेपाल पनि दर्ता दर्ताका लागि पुगेको छ। यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन्। चुनाव चिन्ह ‘क्रस खुकुरी’ छ।
यी तीन वटै पार्टी दर्ताको निवेदन आइतबार निर्वाचन आयोग पुगेको हो। दल दर्ताको निवेदन प्राप्त भएको र डकुमेन्ट अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ।
योसँगै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने पार्टीको संख्या ७ पुगेको छ। नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन्।