दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी निर्वाचन आयोग पुग्यो - Chaitanya News
  • 2026-05-10
  • 02:59:08
  • शनिबार,बैशाख २६, २०८३
  • दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी निर्वाचन आयोग पुग्यो

    दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी निर्वाचन आयोग पुग्यो

    काठमाडौँ– दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ। युवा अभियन्ता हिराप्रसाद सोतीले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

    चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको आयोगले जनाएको छ।

    नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ। यसअघि चार वटा पार्टीले दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।