तिहारको अवसरमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने - Chaitanya News
  • 2026-10-25
  • 10:40:29
  • आइतबार,कार्तिक ०९, २०८३
  • तिहारको अवसरमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    तिहारको अवसरमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    काठमाडौँ– तिहार पर्वको अवसरमासमेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ।

    नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो। भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ।

    उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।

    केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँच पास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। तिहारको भाइटिकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँच पासका गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।