सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै छैन : अध्यक्ष ओली - Chaitanya News
  • 2026-10-25
  • 11:44:04
  • आइतबार,कार्तिक ०९, २०८३
  • सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै छैन : अध्यक्ष ओली

    सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै छैन : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्।

    आज (शनिबार) पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोसमेत उनले बताए। ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन। त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ।’ उनले भने,

    सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको जिकिर गरे। शान्ति सुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताए। अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको बेलामा चुनावको कल्पना समेत गर्न नसकिने बताएका छन्।