यस्ता छन् मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेका निर्णय - Chaitanya News
  • 2026-05-10
  • 02:58:12
  • शनिबार,बैशाख २६, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेका निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेका निर्णय

    काठमाडौँ– आज (बिहीबार) मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरेका हुन्।

    मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्रांकीतत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ।

    यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने र न्याय सेवाका दुई सचिवको सरुवा गर्ने लगायतका निर्णय भएको छ।

    मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।