तिहार नजिकिएसँगै माटोका पाला बनाउन भ्याइ नभ्याइ - Chaitanya News
  • 2026-05-17
  • 01:53:26
  • शनिबार,जेठ ०२, २०८३
  • तिहार नजिकिएसँगै माटोका पाला बनाउन भ्याइ नभ्याइ

    तिहार नजिकिएसँगै माटोका पाला बनाउन भ्याइ नभ्याइ

    भक्तपुर– तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन्। अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ।

    अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ। दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ।

    पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तीहरू धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन्।

    पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।