काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन्।
नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरवारमा बैठक बस्नेछ। बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ।
बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिम सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ।