‘नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौँ’ : सभापति खड्का - Chaitanya News
  • 2026-05-10
  • 02:42:19
  • शनिबार,बैशाख २६, २०८३
  • ‘नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौँ’ : सभापति खड्का

    ‘नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौँ’ : सभापति खड्का

    काठमाडौँ– नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन्।

    कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरूको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताए।

    ‘मलाइ विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’ खड्काले बैठक सुरु गर्दै भने,‘केन्द्रीय समिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ।’

    नियमित महाधिवेशनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने र त्यही दिशामा आफूहरू अघि बढ्ने उनले बताए।