ओली, प्रचण्ड र खनालको शीतल निवासमा जम्काभेट - Chaitanya News
  • 2026-04-25
  • 18:04:13
  • शनिबार,बैशाख १२, २०८३
  • ओली, प्रचण्ड र खनालको शीतल निवासमा जम्काभेट

    ओली, प्रचण्ड र खनालको शीतल निवासमा जम्काभेट

    काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ।

    शीतल निवासमा आयोजित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण समारोहमा नेतात्रय पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका थिए। एमाले अध्यक्ष ओलीको सचिवालयले नेताहरूबीचको भेटको तस्बिर सार्वजनिक गरेको छ। उनीहरूबीच संवाद पनि भएको छ।

    आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाएकी हुन्।