गृहमन्त्री अर्यालले भने: भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेका छन् - Chaitanya News
  • 2025-11-17
  • 05:37:44
  • आइतबार,मंसिर ०१, २०८२
  • गृहमन्त्री अर्यालले भने: भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेका छन्

    गृहमन्त्री अर्यालले भने: भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेका छन्

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन्।

    गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरी पोस्टहरू पुनर्स्थापना भइसकेका छन्।’ कति प्रहरी पोष्ट भत्किएका थिए भन्ने विवरण भने उनले खुलाएनन्।

    यसका अलावा भागेका कैदी बन्दीहरूलाई फर्किन भनिएको र नफर्किएकालाई अब नियन्त्रणमा लिइने उनले बताए। खोसिएका हतियारहरू समेत फिर्ता गर्न भनिएको उल्लेख गर्दै उनले थपे, ‘फिर्ता भएनन् भने हामी अपरेसन नै चलाउँछौँ।’

    सुरक्षा दिने कुरामा सरकार संवेदनशिल रहेको उनले बताए।

    व्यक्तिगत रूपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ। निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाँडो निकास दिइने उनले बताए।