अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेटवार्ता भेट - Chaitanya News
  • 2026-05-17
  • 04:13:04
  • शनिबार,जेठ ०२, २०८३
  • अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेटवार्ता भेट

    अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेटवार्ता भेट

    काठमाडौँ– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मंगलवार भेटवार्ता भएको छ।

    भेटका अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो। भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोक दर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरूकोसमेत सहभागिता थियो।

    विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन गएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेको यहाँ स्थित राजदूतावासले जनाएको छ।