काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु - Chaitanya News
  • 2026-05-17
  • 04:12:41
  • शनिबार,जेठ ०२, २०८३
  • काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु

    काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (बुधबार) देखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो। सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ।

    सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरू आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ।