भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाए - Chaitanya News
  • 2026-05-17
  • 04:12:41
  • शनिबार,जेठ ०२, २०८३
  • भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाए

    भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाए

    काठमाडौँ– भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा भित्रिने विप्रेषण आप्रवाह झण्डै ४४ अर्ब बढेर सो बराबर पुगेको हो।

    अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१२७ अर्ब ९९ करोड रहेको थियो ।योसँगै चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ८ करोड पुगेको छ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

    यो अवधिमा खुद खुद ट्रान्सफर ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो।

    दुई महिनाभित्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो।