१५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने देउवाले गरे घोषणा - Chaitanya News
  • 2026-05-10
  • 03:50:52
  • शनिबार,बैशाख २६, २०८३
  • १५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने देउवाले गरे घोषणा

    १५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने देउवाले गरे घोषणा

    काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट बिदा लिने दोहोर्‍याएका छन्।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

    ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औँ महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने।

    १५औँ महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे। जेनजी आन्दोलनपछि काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्।

    १४औँ महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन्।