जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए काँग्रेसका सभापति देउवा - Chaitanya News
  • 2026-05-10
  • 03:49:54
  • शनिबार,बैशाख २६, २०८३
  • जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए काँग्रेसका सभापति देउवा

    जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए काँग्रेसका सभापति देउवा

    काठमाडौँ– गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन्।

    आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सहभागी भएका हुन्।

    बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन्।

    नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो। पटक पटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो।

    पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो।

    सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन। टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत काँग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए।