आज सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-09-08
  • 14:32:04
  • मंगलबार,भाद्र २३, २०८३
  • आज सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो

    आज सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढ्यो

    काठमाडौँ– आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढेको छ। आज दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सोमबार सुनको मूल्य तोलामा दुई लाख ४० हजार चार सय रुपैयाँमा कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १०५ रुपैयाँले बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो।