सैन्य आधार तालिम आज सम्पन्न, २,४५१ जना नयाँ सैनिक दीक्षित - Chaitanya News
  • 2026-05-17
  • 04:53:45
  • शनिबार,जेठ ०२, २०८३
  • सैन्य आधार तालिम आज सम्पन्न, २,४५१ जना नयाँ सैनिक दीक्षित

    सैन्य आधार तालिम आज सम्पन्न, २,४५१ जना नयाँ सैनिक दीक्षित

    काठमाडौँ– नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित नौ महिनाको सैन्य आधार तालिम आज सम्पन्न भएको छ।

    तालिम समापनका अवसरमा आयोजित कार्यक्रमहरूमा नवदीक्षित सैनिकहरूले अन्तिम दलेल कवाज (परेड) प्रदर्शन गरेका थिए।

    नेपाली सेनाका तालिम केन्द्रसहित देशभरका १९ स्थानमा सञ्चालन भएको उक्त तालिममा २,१०२ जना पुरुष र ३४९ जना महिला गरी कुल २,४५१ जना सैनिक दीक्षित भएका छन्।

    त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा आयोजित मुख्य समापन समारोहमा सैनिक तालिम महानिर्देशक श्री ध्रुव प्रकाश शाहले अन्तिम दलेल कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे। त्यस्तै, अन्य तालिम केन्द्र, पृतना, बाहिनी तथा गणरगुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका वरिष्ठ अधिकृतहरूले पनि परेड निरीक्षण गर्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई सम्मान गरेका थिए।

    कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन र स्थानीय सञ्चारकर्मीहरूको उपस्थितिले समारोहलाई अझै उत्साहपूर्ण बनाएको थियो।