हत्यारालाई कारबाहीको माग गर्दै बैतडीको पाटन नगरपालिकामा तालाबन्दी - Chaitanya News
  • 2026-05-07
  • 08:47:36
  • बिहिबार,बैशाख २४, २०८३
  • हत्यारालाई कारबाहीको माग गर्दै बैतडीको पाटन नगरपालिकामा तालाबन्दी

    हत्यारालाई कारबाहीको माग गर्दै बैतडीको पाटन नगरपालिकामा तालाबन्दी

    काठमाडौं– हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ।

    केही दिनअघि नगरपालिकाको वडा नम्बर ६ मा रहेको कृष्ण माध्यामिक विद्यालयको छात्रावास पछाडि शिक्षक धनबहादुर बिस्टको शव फेला परेको थियो। उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका स्थानीयबासी तथा सरोकारवालाहरुले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

    मृत अवस्थामा फेला परेका शिक्षक बिस्टको हत्या भएको पाँच दिन बितिसक्दा पनि अनुसन्धान तथा छानबिन नभएको उनीहरुको आरोप छ। त्यसैले, घटनाको छानबिन गरी आरोपितलाई पक्राउ गर्न माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन्।

    नगरका एक अधिकृतले बिहान लगभग साढे १० बजेदेखि नगर कार्यालयमा तालाबन्दी गरिएको बताए। उनले भने,‘स्थानीयबासीलगायत विभिन्न संघसंगठनले कार्यालयमा तालाबन्दी गर्दै दशरथचन्द्र राजमार्ग बन्द गरेका हुन्।