काठमाडौं– आज (आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्न लागेको छ।
निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो। दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ।
न्युनतम १० करोड र बढीमा ५ करोडले भाग जाने ५० अर्बसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटामा आधारित भई बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ।