आफ्नै १० वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा बाबु पक्राउ - Chaitanya News
  • 2026-10-16
  • 18:57:16
  • शुक्रबार,आश्विन ३०, २०८३
  • आफ्नै १० वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    आफ्नै १० वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    काठमाडौं– नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्। आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए।

    उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ।
    आफ्नै नाबालिका छोरीमाथि बलात्कारको आरोप लगाएका ती पुरुषमाथि कानुनी कारबाही अघि बढाउन महिला अधिकारकर्मीले माग राखेका छन्।