पशुपतिशमशेर जबराले लिए ज्येष्ठ सदस्य शपथ - Chaitanya News
  • 2026-04-25
  • 18:03:52
  • शनिबार,बैशाख १२, २०८३
  • पशुपतिशमशेर जबराले लिए ज्येष्ठ सदस्य शपथ

    पशुपतिशमशेर जबराले लिए ज्येष्ठ सदस्य शपथ

    काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

    प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ। त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन्।

    ४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन्।