महानगरले चलायो धोबीखोला किनारमा डोजर - Chaitanya News
  • 2026-05-07
  • 08:08:56
  • बिहिबार,बैशाख २४, २०८३
  • महानगरले चलायो धोबीखोला किनारमा डोजर

    महानगरले चलायो धोबीखोला किनारमा डोजर

    काठमाडौं– काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ।

    १० नम्बर वडाको देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन महानगरले डोजर चलाएको हो।

    सार्वजनिक जग्गामा बनेका घर टहरासहित मापदण्ड विपरीतका होर्डिङ बोर्ड र फुटपाथ व्यवसाय हटाइँदैछ।