कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी - Chaitanya News
  • 2026-04-25
  • 18:04:50
  • शनिबार,बैशाख १२, २०८३
  • कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

    कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

    काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए ।

    देउवाले डा। शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्।

    देउवाले ३९ मतान्तरले विजयी भएका हुन् । संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए । संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।