गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन : वरिष्ठ नेता पौडेल - Chaitanya News
  • 2026-04-25
  • 17:49:14
  • शनिबार,बैशाख १२, २०८३
  • गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन : वरिष्ठ नेता पौडेल

    गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन : वरिष्ठ नेता पौडेल

    काठमाडौं –  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् ।

    आज (बुधबार) सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘म गठबन्धन बचाएर मुलुक बचाउन चाहन्छु । गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि मैले शेरबहादुर देउवालाई समर्थन गरेको छु’ पौडेलले भने ।

    ‘अहिले गठबन्धन बचाएर परिवर्तन बचाउने हो । यो संविधान बच्यो भने यो देश बच्छ । यो संविधान भन्दा ठूलो परिवर्तन अरु केही हुँदैन,’ उनले भने, ‘यो बचाउनका लागि गठबन्धन बचाउन पर्छ । गठबन्धन बचाएर मात्र संविधान बच्छ ।’
    सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा भएको हो ।