काठमाडौं– बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–१ घर भएका श्रीकृष्ण कार्की छन्।
उच्च अदालत पाटनले २०७७ पुस २८ मा कार्कीलाई ११ लाख ९५ हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि फरार कार्कीलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।