उहाँ परिपक्व र अनुभव हुनुहुन्छ, सभापतिज्यूको उम्मेदवारी फिर्ता हुँदैन : प्रकाशशरण महत - Chaitanya News
  • 2026-05-07
  • 07:47:47
  • बिहिबार,बैशाख २४, २०८३
  • उहाँ परिपक्व र अनुभव हुनुहुन्छ, सभापतिज्यूको उम्मेदवारी फिर्ता हुँदैन : प्रकाशशरण महत

    उहाँ परिपक्व र अनुभव हुनुहुन्छ, सभापतिज्यूको उम्मेदवारी फिर्ता हुँदैन : प्रकाशशरण महत

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले सभापति शेरबहादुर देउवाको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।
    संस्थापनइतरबाट संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। उनले कांग्रेसभित्र परिवर्तन जरुरी रहेको भन्दै उनले भने, शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्नेमा आशामा छु।

    पार्टी प्रवक्ता महतले पार्टी सभापति र अनुभवी नेताका हिसाबले पनि देउवा संसदीय दलको नेता बन्नुपर्ने बताए। संसदीय दलको नेताका लागि उहाँ परिपक्व हुनुहुन्छ। अनुभव पनि हुनुहुन्छ। त्यसैले उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्न, महतले सञ्चारकर्मीसँग भने।

    मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसको संसदीय दलको नेताका लागि मंगलबार देउवा र थापाले उम्मेदवारी दिएका छन्। ८९ सिट रहेको कांग्रेसले भोलि बुधबार संसदीय दलका नेता छान्दैछ।