काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (शनिबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नम्बर ३३६, ३९, ४०, ४१ र ५६/०८१-८२ (आ.प्र. खुला तथा समावेशी), तह ७ का विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा सावैजनिक गरिएको आयोगले जनाएको छ।