अहिलेको ‘परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको प्रस्तावक भएको हुँ : नेता पौडेल - Chaitanya News
  • 2026-10-20
  • 20:51:07
  • मंगलबार,कार्तिक ०४, २०८३
  • अहिलेको ‘परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको प्रस्तावक भएको हुँ : नेता पौडेल

    अहिलेको ‘परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको प्रस्तावक भएको हुँ : नेता पौडेल

    काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेता चयनका लागि पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावक बनेका छन्। देउवाको प्रस्तावक बनेसँगै पौडेलले अहिलेको असहज परिस्थितिमा देउवाले नै निकास दिने दाबी गरे। पौडेलले भने, अहिलेको ‘असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन पनि आवश्यकता भएकाले मैले पार्टी सभापतिलाई प्रस्तावित गर्ने भएको छु।’

    देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। यसअघि संसदीय दलको नेताका लागि पौडेल आफैं दाबेदार थिए। तर, आफूलाई समर्थन प्राप्त हुने सम्भावना नदेखिएपछि पौडेल देउवाको पक्षमा खुलेका हुन्। कांग्रेस संसदीय दलको नेतामा गगन थापा र देउवाबीच प्रतिस्पर्धा हुने भएको छ।