कांग्रेसभित्र परिवर्तन जरुरी छ, सभापतिज्यूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछु : महामन्त्री थापा - Chaitanya News
  • 2026-04-25
  • 17:48:36
  • शनिबार,बैशाख १२, २०८३
  • कांग्रेसभित्र परिवर्तन जरुरी छ, सभापतिज्यूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछु : महामन्त्री थापा

    कांग्रेसभित्र परिवर्तन जरुरी छ, सभापतिज्यूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछु : महामन्त्री थापा

    काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि महामन्त्री थापाले सञ्‍चारकर्मीसँग कुरा गर्दै संसदीय दलको उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका हुन्।

    ुपार्टी रुपान्तरणका लागि सभापतिज्यूले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्नेमा म विश्वस्त छु,थापाले भने, कांग्रेसभित्र परिवर्तन जरुरी छ। देउवाले शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्नेमा आशामा छु। थापाले तोकिएकै समयसीमाभित्रमा उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका छन्।

    मंगलबार दुवैजना संसदीय दलको कार्यालय सिंहदरबार पुगेर दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

    संसदीय दलको नेताका उम्मेदवारको दरखास्त दिने समय आजै २ देखि ३ बजेसम्म तोकिएको थियो। उम्मेदवारको अन्तिम नामावली मंगलबार नै प्रकाशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरेको छ।

    दलका नेता चुन्न पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम रहेको छ।