काठमाडौ– कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका हुन्।
संस्थापन समूहबाट दलको नेताको उम्मेदवारी दर्ता गराउन देउवा संसदीय दलको कार्यालय सिंहदरबार पुगेका हुन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्।
यता संस्थापन इतरपक्षबाट महामन्त्री गगन थापा संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन्। उनको प्रस्तावकमा डा। शेखर कोइराला रहेका छन्।
संसदीय दलको नेताका उम्मेदवारको दरखास्त दिने समय आजै २ देखि ३ बजेसम्म तोकिएको थियो। उम्मेदवारको अन्तिम नामावली मंगलबार नै प्रकाशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरेको छ।
दलका नेता चुन्न पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम रहेको छ।