काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।
निमोनियाका बिरामी रहेका नेता नेपालको स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
हिजो सोमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा सरिक भएका नेता नेपाललाई अचानक स्वास्थ्य समस्या देखिएको उनी निकट एक नेताले जानकारी दिए।