1. “जमाह ईस्लामिया” कुन देशको आतंकवादी विद्रोही संगठन हो ?
A. ईण्डोनेसिया B. कम्बोडिया C. अफगानिस्तान D. ईरान
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
अवस्थित सहर नदी
a. बर्लिन 1. टाईबर
b. जर्मनी 2. स्प्री
c. पटना 3. राईन
d. रोम 4. गंगा
A) a2,b3,c1,d4 B) a2,b1,c4,d3 C) a2,b3,c4,d1 D) a4,b2,c3,d1
3.देहायको कुन भनाई गलत छ ?
A. व्यापारिक वायु भुमध्ये रेखामा पाईन्छ ।
B. महाद्धिपीय प्रवाह सिद्धान्त जर्मनीका अल्फ्रेड वेगनरले प्रतिपादन गरेका हुन् ।
C. मरिकापीय विवर्तनिक सिद्धान्तसँग सम्बन्धित विद्धान हेरि हेस हुन् ।
D. मनसुनी वायु ऋतुमा जमिनबाट समुन्द्र तर्फ बहन्छ ।
4. विश्वमा २०३५ सम्ममा कार्बन उत्सर्जन कति प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ?
A. ८० प्रतिशत B. ५० प्रतिशत C. ४५ प्रतिशत D. ६० प्रतिशत
5. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ?
A. दक्षिण अमेरिका B. युरोप C. एशिया D. अफ्रिका
6. तलका भनाई विचार गर्नुहोस् ।
क) महाभारत पर्वतको सबैभन्दा अग्लो भाग दोलखाको सैलुङ हो ।
ख) द ग्रेट हिमालय ट्रेल पूर्वमा ताप्लेजुङ देखि पश्चिममा दार्चुला सम्म फैलिएको छ ।
ग) कोवाल्ट को लागि प्रसिद्ध जिल्ला अर्धाखाची हो ।
घ) पुमोरी हिमशिखर खुम्बु हिमश्रृङला अन्र्तगत पर्दछ ।
A. क र ख ठिक B. सबै ठिक C. सबै बेठिक D. ख र घ ठिक
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
युद्ध सम्बन्धित देश
1. गुलाफ युद्ध a. फ्रान्स
2. अफिमयुद्ध b. चीन
3. सतवर्षीय युद्ध c. ग्रीस
4. म्याराथन युद्ध d. ब्रिटेन
A) 1b,2d,3c,4d B) 1d,2b,3a,4c
C) 1a,2b,3d,4c D) 1c,2d,3d,4a
8. याला भञ्ज्याङ डोल्पा जिल्लामा पर्दछ भने लाप्चे भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
A. मुस्ताङ B. मुगु C. दोलखा D. हुम्ला
9. सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाईला टेक्ने महिला को हुन ?
A. आप्पा शेर्पा B. ल्हाक्पा शेर्पा C. बाबुछिरी शेर्पा D. तेन्जिङ शेर्पा
10. देहायका मध्ये कुन भनाई गलत रहेको छ ?
A. राष्ट्रसंघका स्थायी राष्ट्रहरु जापान, फ्रान्स, ईटाली र ईग्ल्याण्ड हुन् ।
B. प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व बबर शमशेरले गरेका थिए ।
C. बेलायतद्धारा बुल्गेरिया विरुद्ध युद्धको घोषणा सन् १९१५ अक्टोबर १५ मा भएको थियो ।
D. बेलायतमा “ बन्दी प्रत्यक्षीकरण कानून” पारित १६८८ मा भएको थियो ।
11. जोडा मिलान गरि सहि विकल्प छनौट गर्नुहोस् ।
समूह “क” समूह “ख”
a. “गणपति महेन्द्र सिंह” 1. भुपतिन्द्र मल्ल
b. “कवि चूडामणि सम्राट” 2. नरेन्द्र मल्ल
c. “पूर्णचन्द्र ” 3. जगत प्रकाश मल्ल
d. “गन्धर्व विद्यागुरु” 4. भाष्कर मल्ल
A) a4,b1,c3,d2 B) a2,b1,c4,d3
C) a4,b1,c2,d3 D) a2,b3,c4,d1
12. राजा र राज्य स्थापना विच कुन जोडा मिल्दैन् ?
A. रत्न सेन – पाल्पा B. रन मल्ल – भक्तपुर
C. जगतसेन – चौदन्डी D. बझाङ – शक्ति शाह
13.निम्न भनाई विचार गर्नुहोस् ।
i. पशुपतिनाथका प्रथम पुजारी स्वामी शेखरानन्द हुन् ।
ii.सबैभन्दा बढी श्लोक भएको पुराण स्कन्द पुराण हो ।
iii. अक्षय तृतीया श्रावण कृष्ण चतुर्दशीमा पर्दछ ।
iv. शैलेश्वरी भगवतीको मन्दिर बजाङ जिल्लामा पर्दछ ।
A) i र ii मात्र ठिक B) iii र iv मात्र ठिक C) सबै बेठिक D) सबै ठिक
14. महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ?
a. सतार B. दनुवार C. थामी D. थारु
15. जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
A. यर्जुवेद B. ऋग्वेद C. सामवेद D. अर्थवेद
16. सार्क सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
क) सार्कको अवधारणा सर्वप्रथम President Ziaur Rahaman ले ल्याएका हुन् ।
ख) १३ औ सार्क शिखर सम्मेलनले अफगानिस्तानलाई सार्कको सदस्य बनाउने निर्णय गरेको हो ।
ग) सार्क क्षेत्रमा रहेका भूपरिवेष्ठित राष्ट्रहरु नेपाल, भुटान र अफगानिस्तान हुन् ।
A. क र ख ठिक B. ख र ग ठिक C. क र ग ठिक D. सबै ठिक
17. नेपाली निजी लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको पहिलो वाणिज्य बैंक कुन हो ?
A. नबिल बैंक B. लुम्बिनी बैंक C. सानिमा बैंक D. कुमारी बैंक
18. कुन जोडा गलत छ ?
मातृभाषा प्रतिशत
A. नेपाली – ४४.८६ प्रतिशत B. भोजपुरी – ५.८८ प्रतिशत
C. तामाङ- ४.८८ प्रतिशत D. मैथली – ११.०५ प्रतिशत
19. कुकुर सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
A) Synology B) Cynology C) Sinology D) Dogology
20. कुन भनाई गलत छ ?
A) UNO को आर्थिक तथा सामाजिक परिषद्मा ५४ जना सदस्य रहने व्यवस्था छ ।
B. सुरक्षा परिषदको अस्थायी सदस्यको कार्यकाल २ वर्षको हुन्छ ।
C. संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले आफ्ना विशिष्टीकृत निकायहरुको कामको समन्वय गर्ने गर्दछ ।
D. संयुक्त राष्ट्र संघको प्रधानकार्यालय New work,USA मा रहेको छ
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100