अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बन्यो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-07
  • 07:00:23
  • बिहिबार,बैशाख २४, २०८३
  • अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बन्यो : अध्यक्ष ओली

    अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बन्यो : अध्यक्ष ओली

    काठमाण्डौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको जिकिर गरेका छन।

    प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष ओलीले सिट सङ्ख्याको आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलो पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने बताए। चुनावमा भएको घेराबन्दी, धाँधली र अफवाहलाई पराजित गरेर अहिले पाएको सफलता निकै ठूलो सफलता भएको ओलीको भनाइ छ।

    उनले आउँदा दिनमा एमालेले झन् ठूलो सफलता हात पार्ने र त्यसका लागि आजैदेखि जुट्न नेता र कार्यकर्तालाई निर्देशनसमेत दिए। ‘अपेक्षा गरे जसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ, किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने सबैलाई थाहा भएकै छ’, ओलीले भने।

    एमालेलाई समाप्त पार्ने र दिउँसै टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरू नै चुनावमा पछारिएको भन्दै ओलीले चुनावको परिणामले एमाले कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश दिएको दाबी गरे।